दिलिप स्मृतिको ग्रेडिङमा ६० खेलाडी सहभागी

काठमाडौं । दिलिप स्मृति तेक्वान्दो डोजाङको खेलाडी ग्रेडिङ शुक्रबार सम्पन्न भएकाे छ । ग्रेडिङमा विभिन्न तहका ६० खेलाडीको परीक्षा लिइएको डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले जनाएका छन् ।

दोश्रो डानमा ३, पहिलो डानमा १ र हाफ ब्ल्याकमा ४ खेलाडी सहभागी थिए । बाँकी जुनियर खेलाडी थिए । डोजाङले परीक्षाको विवरण काठमाडौं जिल्ला तेक्वान्दो संघमा पठाउने छ । जिल्लाले नेपाल तेक्वान्दो संघ र तेक्वान्दो संघले दक्षिण कोरियास्थित कुकिवनमा पठाउने प्रमुख प्रशिक्षक खत्रीले जानकारी दिए ।

कुकिवनबाट खेलाडीले प्रमाण पत्र पाउने बताइएको छ । २०७१ सालमा स्थापना भएको डोजाङको यो सातौं ग्रेडिङ हो ।

प्रतिक्रिया