भगवती चौधरीद्वारा उराव परीवारलाई कल तथा स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्र्तगत फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था र दिनेश चौधरी स्मृति प्रतिष्ठानले सुनसरी इनरुवा नगरपालिकाका मुडिंयार उराव समुदायलाई कल नलंकी तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

वित्तीय संस्था र प्रतिष्ठानको सहकार्यमा इनरुवा नगरपालिका–७ साबिक चाँदबेला बरछवा मुडियार उराव समुदायका चार परिवारलाई खानेपानीका लागि कल सहयोग गरेको हो ।

संस्थाले खानेपानीको समुचित व्यवस्थापन हुन नसकेका ती समुदायका परिवारलाई कल सहयोग गरेको फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष तथा दिनेश चौधरी प्रतिष्ठानकी संरक्षक भगवती चौधरीले बताइन् । ती समुदायका महिलाहरुलाई स्यानीटरी प्याड, मास्क, मञ्जन समेत वितरण गरीएको थियो ।

सो अवसरमा नेकपा नेतृ चौधरीले उक्त क्षेत्रमा रहेका कमजोर आर्थिक अवस्था भएका ऋषिदेव वस्तीहरुको भ्रमण गर्दै उनीहरुको सामाजिक, आर्थिक समस्या समेत केलाएकी थिइन् ।

आफ्नो गृहजिल्ला गएका बेला नेतृ चौधरीले प्रायः सामाजिक कामाम आफुलाई सक्रिय गराउने गरेकी छन् । ‘सामाजिक, आर्थिक, राजनीतिक गतिविधिहरुमै मेरो दिनचर्या वित्ने गर्छ । यो क्षेत्रका कमजोर आर्थिक अवस्था भएका, सामाजिक, राजनीतिक रुपमा पछि परेका समाजका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी छ ।’ नेतृ चौधरीले भनीन् ।

नेकपा केन्द्रीय सदस्य समेत रहेकी चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, अल्पसंख्यक, आदिवासी जनजाति, मुस्लिम, महिला तथा दलित समुदायको उत्थानका लागि माइक्रोफाइनान्स र प्रतिष्ठान मार्फत सामाजिक कार्यहरु गर्दै आइरहेकी छन् ।

 

प्रतिक्रिया