मंसिर १९ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर १९ गते । शुक्रबार । ईश्वी सन् २०२० डिसेम्बर ०४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–चतुर्थी,२८ घडी ०१ पला,बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त पंचमी । नक्षत्र–पुनर्वशु,१४ घडी ४१ पला,दिउसो १२ बजेर ३३ मिनेट उप्रान्त तिष्य । योग–शुक्ल,०८ घडी ५६ पला,बिहान १० बजेर १५ मिनेट उप्रँन्त ब्रम्ह । करण–बालव,बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त कौलव,रातको ०५ बजेर ४४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०४ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ४१ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ४२ मिनेटदेखी बिहान ७ बजेर ५९ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ०० मिनेटदेखी बिहान ९ बजेर १७ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर १८ मिनेटदेखी बिहान १० बजेर ३५ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ३६ मिनेटदेखी बिहान ११ बजेर ५४ मिनेटसम्म शुभ बेला ।
बिहान ११ बजेर ५५ मिनेटदेखी दिउसो १ बजेर १२ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर १३ मिनेटदेखी दिउसो २ बजेर ३० मिनेटसम्म उद्वेग बेला ।
दिउसो २ बजेर ३१ मिनेटदेखी दिउसो ३ बजेर ४८ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर ४९ मिनेटदेखी बेलुकी ६ बजेर ४८ मिनेटसम्म रोग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान १० बजेर ३५ मिनेटदेखी बिहान ११ बजेर ५३ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तपाईँले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनीति अपनाउनु पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आर्थिक तथा बौद्धिक क्षेत्रमा तपाईको गतिलो उपस्थितिले मान तथा सम्मान दिलाउनेछ । बोलिको प्रभाव बढ्ने हुँदा समर्थक तथा प्रशंसक बढ्नेछन् । पारिवारिक माहोलमा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण थप मजभुत हुनेछ भने घर परिवारमा एक अर्काबिच आत्मियताको भाव झल्कनेछ । अध्यानमा मन जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अवसर आए पनि तपाईँ आफ्नै कारणले काममा पछि परिनेछ । मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन ध्यान दिनुहोला । शुभ चिन्तकहरूले आफ्ना कमजोरी थाहा पाई आलोचना गर्न सक्छन् । स्वास्थ्यका लागि खानपान र वाहिरी वातावरणमा प्रति सचेत रहनुहोला । अनावश्यक भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पुरानो माया प्रेमले सताउनेछ भने पति पत्नी बीच मनमुटाव सिर्जना हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । तरपनि बैदेशिक क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउन सक्नेछन् । अध्ययन वा कामको शिलशिलामा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक काममा समय खर्च हुनेछ भने धार्मिक तथा सामाजिक क्षेत्रबाट सम्मानित भई मान सम्मानमा बृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोत पत्ता लगाउन सकिनेछ । पारिवारिक सुख मिल्ने तथा मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) गलत चिन्तन तथा सोचाईलो कार्य क्षेत्रमा समस्या पैदा हुनेछ । अरुकै लागि रुपैया पैसा खर्चनु पर्नेछ । व्यापारमा मन्दि आई दैनिकी कष्टकर नहोला भन्न सकिन्न । तरपनि औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको खरिद बिक्रिबाट लाभ लिन सकिनेछ । कृषि क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ भने पारिवारिक सम्बन्धमा केहि खटपट आउनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु बन्ने हुनाले मन खुसि हुनेछ । व्यावसायमा लगानि बढाएर भनेजस्तो नाफा कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुनाले अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथ पाईने हुनाले काम गर्न जागर बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा समय लगानी गरे अनुशार प्रतिफल नआउने हुनाले मन खिन्न हुनेछ । चेलि माईती बीचको सम्बन्ध बिग्रन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला । पढाइ लेखाइमा अलि बढि मेहनेत गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । तरपनि बैक तथा बित्तिय सस्थामा गरिएको लागानिबाट सन्तोषजनक कमाई हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रतिस्पर्धीहरु हर क्षेत्रमा हावी हुनाले तपाईको हरेक पाईलामा अवरोध खडा गर्नेछन् । कुनै मुद्दा मामिलामा सहभागी नहुनु होला न्यायिक निर्णयहरु आज तपाईँको पक्षमा नहुन सक्छ । पढाइ लेखाइमा ध्यान नजाने हुनाले अरुभन्दा पछी परिने चिन्ताले सताईरहनेछ । धन सम्पति हराउने तथा चोरिने अधिक सम्भावना रहेकोले आफ्नो धनमालको सुरक्षा गर्न जरुरी देखिन्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन अध्यापनमा मन जाने तथा नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । कृषि,पशुपालन,बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसायबाट भनेजस्तो लाभ लिन सकिनेछ । रोकियका काम बन्नाले मनग्गे लाभ हुनेछ । चिठ्ठा,उपाहार तथा आकश्मिक लाभ हुने योग रहेकोछ । प्रेम प्रशङग सकारात्मक बाटोमा अगाडि बढ्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

 

प्रतिक्रिया