काेराेना बिमाकाे भुक्तानी रकम तीन दिनभित्र उपलब्ध गराउन अर्थ मन्त्रालयकाे निर्देशन

काठमाडाैं । अर्थ मन्त्रालयले तीन दिनभित्र काेराेना बिमाकाे रकम उपलब्ध गराउन बिमा कम्पनीहरूलाई निर्देशन दिएकाे छ ।

मन्त्रालयकाे वित्तीय क्षेत्र एवम् संस्थान समन्वय महाशाखाले समितिलाई पत्र लेख्दै कोरोना बीमा भुक्तानीको दाबी गर्न पुगेका व्यक्तिलाई बिमा दाबी भुक्तानी तीन दिनभित्र गर्न निर्देशन दिएकाे हाे । यस्तै मन्त्रालयले भेरिफिकेशन गर्न बाँकी दाबीकाे भेरिफिकेशन यथाशिङघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन पनि निर्देशन दिएकाे छ ।

साथै कोरोना बिमा सम्बन्धमा विभिन्न बिमा कम्पनीहरूबाट प्राप्त दाबी भुक्तानीमा के-कस्ता समस्या देखिएका छन्, हाल कुन-कुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेकाे विवरण पेन्डिङ रहेकाे छ, साे काे विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के प्रयास भइरहेकाे छ, यस मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नुपर्ने विषयहरू के के हुन्, यसकाे विस्तृत विवरण पनि मन्त्रालयमा पठाउन निर्देशन दिइएकाे छ ।

प्रतिक्रिया