सिट्रोन गाडी सन् २०२१ मा नेपालमा आउँदै

काठमाडौं । सन् २०२१ म सिट्रोन गाडी नेपाल भित्रिने भएको छ । साँग्रिला मोटर्स प्रा.लि.सन् २०२१ मा सिट्रोन एसयूभी नेपाली बजारमा ल्याउने भएको हो ।

नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिरहेको मोटर्स प्राइभेट लिमिटेडलाई ग्रुप पीएसए, फ्रान्सले आफ्नो सिट्रोन ब्राण्ड सवारी साधनहरुको अधिकृत विक्रेताको रुपमा नियुक्त गरेको छ ।

सिट्रोन एक फ्रान्सेली अटोमोबाइल निर्माता कम्पनी हो । जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसए को अभिन्न अंगको रुपमा रहेको छ ।

सिट्रोन ब्राण्ड अन्तरगर्त विभिन्न प्रकारका सवारी साधनहरु रहेका छन् । जस मध्ये कम्प्याक्ट ह्याचब्याक, एमयू भी, मिनी–भ्यान र एसयू भी बहु चर्चित छन् ।

प्रतिक्रिया