मुख्यमन्त्री राईको प्रश्न–‘नेकपा फुट्न र टुट्नका लागि बनेको पार्टी हो ?’

काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सत्ताधारी पार्टी नेकपा कुनै पनि हालतमा नफुट्ने जिकिर गरेका छन् ।

चिया प्रशोधन केन्द्रको भवनको उद्घाटन गर्न इलाम पुगेका मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । नेकपा नफुट्ने बताएका मुख्यमन्त्री राईले ‘नेकपा फुट्नको लागि बनेको हो ?’ भनी प्रश्नसमेत गरेका छन् ।

यस्तै फरक प्रसङ्गमा मुख्यमन्त्री राईले आगामी तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको दावीसमेत गरे । उनले भने, ‘हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौँ ।’

कोरोनाको महामारीबीच पनि प्रदेश सरकारले विकासमा फड्को मारिरहेको बताएका मुख्यमन्त्री राईले थप भने, ‘अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।’

प्रतिक्रिया