कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय, तनहुँले नेता पौडेललाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालय, तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मकालु खबरलाई दिएका जानकारीअनुसार निषेधाज्ञा तोडेको कारण नेता पौडेललाई नियन्त्रणमा लिइएको हो ।

यस्तै प्रजिअ बरालले नेता पौडेललाई सुरक्षाको लागि पनि निण्न्त्रणमा लिइएको बताए । ‘उहाँजस्तो वरिष्ठ नेतालाई हामीले अपमान गरेर नियन्त्रणमा लिएका होइनौँ । सुरक्षाको लागि पनि हामीले प्रहरी कार्यालय पुर्याएका हौँ ।’ प्रजिअ बरालले  भनेका छन, ‘विभिन्न तत्वले घुसपैठ गर्न सक्ने देखियो । उहाँ घाइते हुन सक्ने भएर पनि सुरक्षाका लागि नियन्त्रणमा लिनु परेको हो । तर, उहाँले निषेधाज्ञा पनि तोड्नुभएकै हो ।’

प्रजिअ बरालका अनुसार नेता पौडेल अब केहीबेरमा छुट्नेछन् ।

प्रतिक्रिया