एक खेल बाँकी हुँदै लिभरपुल अन्तिम १६ मा

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । गएराति भएको खेलमा डच क्लब आयाक्समाथि १-० को साँघुरो जित निकाल्दै लिभरपुल अन्तिम १६ मा पुगेको हो ।

उसले समूह चरणमा एक खेल बाँकी छदै समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । अब लिभरपुलले समूह चरणको अन्तिम खेलमा अर्को साता डेनमार्कको क्लब मिट्जेल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफका गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा एक गोल गरेको हो । खेलको ५८ औं मिनेटमा लिभरपुलका लागि कर्टिस जोन्ले निर्णायक गोल गरे ।

लिभरपुलले पाँच खेलबाट १२ अंक जाडेको छ । अजाक्सको सात अंक छ। समूह डी अन्तर्गत गएराति भएको अर्को खेलमा एफसी मिड्ट्जील्याण्डले एट्लान्टासँग १–१ को बराबरी खेलेको छ ।

प्रतिक्रिया