१३ औँ सागमा स्वर्ण जितेकी अनुपमा र प्रशिक्षक मल्ल बैवाहिक बन्धनमा बाँधिदै

काठमाडाैं । बालाजु कराते डोजाङका प्रशिक्षक ध्रुवविक्रम मल्ल र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेकी कराँते खेलाडी अनपमा मगर बैवाहिक बन्धनका बाँधिदै छन् ।

३० वर्षीय अनुपमा र ५१ वर्षीय प्रशिक्षक मल्ल बुधबार बैवाहिक बन्धनका बाँधिन लागेका हुन् ।

मल्लकै प्रशिक्षणमा साग खेलेकी अनुपमाले कराँते फाइटको ६८ केजी माथि तौल समूहमा फाइनलमा पाकिस्तानकी नार्गिसलाई पराजित गर्दै स्वर्ण जितेकी थिइन् । अनुपमाले १८ वर्षबाट कराँते खेल्न सुरू गरेकी थिइन् ।

प्रतिक्रिया