बालुवाटारमा केक काटेर मनाइयाे अर्थमन्त्री पाैडेलकाे जन्मदिन

काठमाडाैं । सत्तारूढ नेकपाकाे सचिवालय बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पाैडेलकाे जन्मदिन मनाइएकाे छ ।

आज बालुवाटारमा केट काटेर उनकाे जन्मदिन मनाइएकाे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य सचिवालय सदस्यहरूले केक खुवाएका थिए ।

पौडेलको आज ६२ औं जन्मदिन हाे । केक काटेपछि बालुवाटारमा सचिवालय बैठक जारी छ ।

प्रतिक्रिया