दमककी ८२ वर्षीय बृद्धाको वीपी प्रतिष्ठानमा मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापा दमककी एक बृद्धाको मृत्यु भएको छ । कोरोना संक्रमण भएर उपचारका लागि प्रतिष्ठान आएकी ८२ वर्षिय बृद्धाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सुचना केन्द्रका अनुसार मृगौला रोगबाट पिडित ती बृद्धा मंसिर ७ गते प्रतिष्ठान आएकी थिइन् । उनको सोहि दिन पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

उनको आज विहान ७ः५० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । अहिले कोभिड नियमानुसार शवको व्यवस्थापन भइरहेको छ ।

प्रतिक्रिया