धुम्बाराहीबाट बालुवाटारमा सर्यो सचिवालय बैठक

काठमाडाैं । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे छ ।

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा दिउँसाे १ बजे बस्ने भनिएकाे बैठक बालुवारमा सारिएकाे हाे ।

बैठक किन बालुवाटारमा सारियाे भन्नेबारे खुलाइएकाे भने छैन ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्तावमाथि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरुले लिखित जवाफ दिने तयारी छ । साथै प्रचण्डकाे प्रतिवेदनमाथि पनि छलफल हुनेछ ।

प्रतिक्रिया