‘जब म भर्जिन हुँ भन्ने पत्ता लाग्छ, तब मात्रै मेराे विवाह हुनेछ’

एजेन्सी । बीबीसी न्यूज़ बीट र १०० वुमनको टीमले अनुसन्धानका क्रममा ब्रिटिश मेडिकल क्लिनिकमा विवादास्पद कौमार्य परीक्षण गरिएकाे पत्ता लगाएकाे छ । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रका अनुसार याे परीक्षण मानव अधिकार उल्लंघनकाे पाटाे हाे । यी संगठनहरू यो परीक्षणमा प्रतिबन्ध समेत चाहन्छन् ।

साे परीक्षण अवैज्ञानिक रहेकाे भन्दै यसले कसैकाे काैमार्य भंग भएकाे छ वा छैन पनि प्रमाणित गर्न नसक्ने आलोचकहरु बताउँछन् । याे याैन शाेषणकै एक रूप हुन सक्ने उनीहरूकाे भनाइ छ ।

याे परीक्षणमा पूर्ण रूपमा हाइमन छ/छैन हेर्नका लागि महिलाकाे प्रजनन अंग चेकजाँच गरिन्छ । बीबीसीले आफ्नो छानबिनका क्रममा कयाैँ प्राइभेट क्लिनिकहरूले काैमार्य परीक्षणकाे विज्ञापन बाेर्ड समेत लगाएकाे पाएकाे छ । जब उनीहरूसँग सम्पर्क गरियाे, तब उनीहरूले १५० देखि ३ सय पाउण्डकाे बीचमा काैमार्य परीक्षणकाे प्रस्ताव गरे ।

जबरजस्ती गराइयाे बिवाह 

बीबीसीले यस्ता २१ क्लिनिक खाेज्याे र १५ क्लिनिकमा साेधपुछ गर्याे । तीमध्ये ७ ले काैमार्य जाँच गर्ने गरिएकाे पुष्टि गर्याे र कयाैँ अन्य क्लिनिकहरूले आफ्नो अडान स्पष्ट पारेनन् । ती सबै क्लिनिकहरूले त्यहाँ हाइमन रिपियर सर्जरी गर्ने गरिएकाे र यसकाे खर्च ५ सयदेखि ३ हजार पाउण्डसम्म लाग्ने बताए ।

इंग्ल्याण्डकाे नेशनल हेल्थ सर्भिसकाे आँकडा अनुसार पछिल्लाे पाँच वर्षमा ६९ हाइमन रिपियर सर्जरी भएकाे छ । बीबीसी न्युज बीटले यस्तै एक महिलाकाे बारेमा सुनेकाे थियाे जसकाे सहयाेग कर्मा निर्वाणा भनिने परोपकारी संस्थाले गरेकाे थियाे ।

याे संस्थाले इज्जतका लागि गरिएकाे शोषण र जबरजस्ती गराइएकाे विवाहका पीडितकाे सहयोग गर्छ । ती महिलाले साे संस्थासँग बताएकी छिन्- ‘मेरो आमा-बुबा धेरै मानसिक शाेषण गर्नुहुन्थ्यो र उहाँहरू आफ्नै इच्छाले मेराे विवाह गराउन चाहनुहुन्थ्यो ।’

मसँग भाग्नु बाहेक कुनै विकल्प थिएन 

‘एक दिन हाम्रो समाजका एक बुज्रुगले मलाई मेरा साथीहरूसँग बाहिर देख्नुभयाे र मेरी आमालाई भन्नुभयो कि ती केटाहरूमध्ये एक मेरो प्रेमी थियाे । त्यसपछि हाम्रो समाजमा धेरै हल्ला फैलिन थाल्यो ।’

त्यसपछि ती महिलाकाे आमा-बुबाले उनकाे काैमार्य जाँतकाे कुरा गरे । ती महिलाले भनेकी छिन्- ‘मेराे आमा-बुबा र त्याे परिवार जहाँ मेराे विवाहकाे कुरा चलिरहेकाे थियाे ती सबैले पहिले मेराे काैमार्य जाँच गर्नुपर्ने र भर्जिन भएकाे पत्ता लागेपछि मात्रै मेराे विवाह हुने बताए । म निकै डराएकी थिएँ र मलाई यसको अर्थ पनि थाहा थिएन । त्यहाँबाट भाग्नु नै मैले एकमात्र विकल्प देखेँ र मैले त्यही गरेँ ।’

प्रिया मनाेटा कर्मा निर्वाणाकाे हेल्पलाइन हेर्छिन् । उनले भनिन्- ‘हाम्राे संस्थामा धेरै युवतीहरूकाे फाेन आएकाे छ, जाे यसलाई लिएर चिन्तित छन् । सायद परिवारलाई उनीहरू रिलेशनसिपमा छन् र काैमार्य छैनन् भन्ने थाहा भयाे । सायद उनीहरूकाे परिवार काैमार्य परीक्षणका लागि दबाब दिइरहेका छन् र उनीहरूलाई नतिजाकाे चिन्ता छ ।’

उनी थप्छिन् – ‘इज्जतका लागि शाेषण र जबरजस्ती विवाह तब हुन्छ जब महिला आफ्नो पार्टनर आफैँ चुन्छिन् । अथवा याैन सम्बन्धमा हुन्छन् या कुनै रिलेशनसिपमा हुन्छन् । हामीले यहाँ यस्ताे केस पनि देखेका छाैँ कि जहाँ पीडितलाई मार्ने धम्की समेत दिइयाे । कतिलाई पीडितका परिवारले आफूबाटै अलग गरिदिए ।’

विश्व स्वास्थ्य संगठनका अनुसार लगभग २० देशमा काैमार्य जाँच हुन्छ तर यस्ताे कुनै प्रमाण छैन कि जसले महिला भर्जिन छन् या छैनन् पत्ता लाग्न सकाेस् । किनकि हाइमन कयाैँ कारणबाट टुट्न सक्छ, जस्ताे कि व्यायाम गर्दा वा टेम्पून प्रयाेग गर्दा ।

साथै बीबीसीकाे अनुसन्धानमा हाइमन रिपियर तथा परीक्षणमा प्रयाेग गरिने किट नक्कली हुने गरेकाे पनि पाइएकाे छ ।

प्रतिक्रिया