अस्पतालबाट सन्दीपले भने- ‘पहिलाभन्दा ठिक महसुश गर्दैछु’

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका क्रिकेटर सन्दीप लामिछानेले आफू अहिले पहिला भन्दा ठिक भएको बताएका छन् । काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना भएका सन्दीपले अस्पतालबाटै सामाजिक संजालमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै स्वास्थ्यमा सुधार भइरहेको बताएका हुन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका सन्दीपलाई श्वास प्रश्वासमा सामान्य समस्या आएपछि आइतबार ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । सन्दीपले स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै आफू केहि दिनमा नै ठिक हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया