काममा फर्किए वीपी प्रतिष्ठानका इन्टर्नहरु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्थापन र त्यहाँ आन्दोलनरत इन्टर्न डाक्टर बीच जीवन निर्बाह भत्ताको विषयमा सहमति भएको छ । सोमबार बिहान सम्पन्न बार्ता मार्फत सहमति भएको हो ।

हिजोदेखि इर्मजेन्सीबाहेकका काम छोडेर प्रतिष्ठानका इन्टर्नहरु आन्दोनलमा उत्रिएका थिए । आज सहमति पश्चात सहमति आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्किएका छन् ।

इन्टर्नहरुले प्रतिष्ठान व्यवस्थापनलाई जीवन निर्वाह भत्तामा सहमत गराएका छन् । प्रतिष्ठानले हिजो आइतबारै ३ सदस्यीय वार्ता कमिटि गठन गरेकामा इन्टर्न संघर्ष समितिले पनि वार्ता समिति चयन गरेपछि हिजै वार्ता भएको थियो । हिजोको वार्तामाअन्य विषयमा सहमति भएपनि जीवन निर्वाह भत्तामा सहमति भएको थिएन । सरकारले प्रदान गर्ने ८ औं तहको ५० प्रतिशत भत्ता पाउनुपर्ने माग गरेका उनीहरुको मागका विषयमा आज सहमित जुटेको थियो ।

आजको वार्तामा व्यवस्थापनले इन्टर्नहरुलाई १८ हजार ५ सय रुपैया जीवन निर्वाह भत्ता सहमति गरेको छ । यो सहमति इन्टर्नसीप शुरु भएकै मितिदेखि लागु हुने र आगामी दिनमा शिक्षक, कर्मचारीहरुको तलब वृद्धि हुँदा इन्टर्नहरुको जीवन निर्वाह भत्ता पनि कार्यकारिणी समितिले उचित मुल्यांकन गरेर वृद्धि गर्ने सहमति छ ।

यसका साथै इन्टर्नहरुलाई नाइट ड्यूटीको निम्ति प्रत्येक विभागमा नाइट ड्युटी खटिएका इन्टर्न चिकित्सकहरुलाई उक्त विभागमा पोस्टिङ सकिए पश्चात प्रति नाइट ड्युटीको जुनियर रेसिडेन्ट, स्टाफहरुले पाए बमोजिम खाजा भत्ता प्रदान गर्ने, कोरोना स्थास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराउने, कोरोना भाइरस लक्षण देखिएका इन्टर्नहरुको पीसीआर परीक्षण निःशुल्क गर्ने, प्रतिष्ठानको शैक्षिक कार्यक्रम सूचारु गर्ने सन्दर्भमा होस्टलहरु सञ्चालन गर्दा कोरोना संक्रमण जोखिम कम गर्न तथा आइसोलेसनका निम्ति कलेज प्रशासनसँग छलफल गरेर समुचित व्यवस्थापन गर्ने सहमति भएको छ ।

यसैगरी इन्टर्नसीपमा हुने पेरीफेरी पोस्टिङमा अब बाँकी रहेको ६ महिना भित्र उचित व्यवस्थापन गर्न सकिने क्षेत्रहरु पहिचान गरी शिक्षाध्यक्षद्वारा डीन, कोअर्डिनेटर लगायत सम्बन्धीत निकायसँग समन्वय गरी कोभिड–१९ को अवस्थाको मुल्यांकन गरी पेरीफेरी पोस्टिङको लागि कार्यतालिका तय गरी अवस्था हेरेर गर्ने सहमति भएको छ ।

प्रतिक्रिया