प्रधानमन्त्री पनि अब टिकटकमा, खोले खाता
२०७७ मंसिर १५ गते

फाइल फोटो।
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक अकाउन्ट खोलिएको छ ।
पछिल्लाे समय युवापुस्ताकाे मनाेरञ्जन तथा उदाउँदा प्रतिभाकाे जग बनेकाे टिकटकमा प्रम ओलीकाे सचिवालयले पनि उनकाे नामकाे टिकटक अकाउन्ट खाेलेकाे हाे । टिकटकमा उनकाे अकाउन्टकाे नाम ‘kpsharmaoli_official’ रहेकाे छ । उनकाे अकाउन्ट भेरिफाइड समेत भइसकेकाे छ ।
उनकाे अकाउन्टमा एउटा भिडियाे अपलाेड भएकाे छ, जसमा ७ हजार ५२२ फलाेअर्स पुगिसकेका छन् भने २५ हजार बढी लाइक पुगेकाे छ । उनकाे पहिलाे भिडियाे ३ लाख बढीले हेरिसकेका छन् ।
२०७७ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित








