मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक तथा उद्योगी व्यवसायी रामचन्द्र संघई औद्योगिक घरानाहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्ष पदमा निर्वाचित भएकोमा समस्त बैंक परिवार उनलाई हार्दिक बधाई ज्ञापनका साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको छ ।

विगत ३० वर्ष देखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउँदै एकका उनी त्रिवेणी ग्रुपको निर्देशक हुन् ।

उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याए वापत गत वर्ष नेपाल सरकारले उनलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित गरेको थियो ।

प्रतिकृयाहरु
Loading...