आज मंसिर १५ गते साेमबार, यस्ताे छ आजको राशिफल

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल मंसिर १५ गते । सोमबार । ईश्वी सन् २०२० नोभेम्बर ३० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–पूर्णिमा,१९ घडी ४८ पला,दिउसो ०२ बजेर ३३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–रोहिणी,अहोरात्र । योग–शिव,१३ घडी २० पला,मध्यान्ह १२ बजेर ०२ मिनेट उप्रँन्त सिद्ध । करण–बव,दिउसो ०२ बजेर ३३ मिनेट उप्रान्त बालव,रातको ०३ बजेर २२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–प्रवद्र्र्ध योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ११ पला । गुरु नानक जयन्ती ।
आजको बार बेला ।  
बिहान ०६ बजेर ३८ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ३९ मिनेटदेखी बिहान ७ बजेर ५६ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर ५७ मिनेटदेखी बिहान ९ बजेर १५ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर १६ मिनेटदेखी बिहान १० बजेर ३३ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ३४ मिनेटदेखी बिहान ११ बजेर ५२ मिनेटसम्म उद्वेग बेला ।
बिहान ११ बजेर ५३ मिनेटदेखी दिउसो १ बजेर ११ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर १२ मिनेटदेखी दिउसो २ बजेर २९ मिनेटसम्म लाभ बेला ।
दिउसो २ बजेर ३० मिनेटदेखी दिउसो ३ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
दिउसो ३ बजेर ४९ मिनेटदेखी बेलुकी ६ बजेर ४८  मिनेटसम्म चर बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।
राहुकाल
बिहान ७ बजेर ५६ मिनेटदेखी बिहान ९ बजेर १४ मिनेटसम्म रहने ।

राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेम प्रसङमा आफुले मायालुलाई आफ्नै वरिपरी देख्न पाउदा मन खुसी हुनेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा बिलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईँकै पोल्टोमा पर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) छोटो दुरिको यात्राको गतिलो सम्भावना रहेकोछ । सुझबझ तथा लगनशिलताले समय फलदायी बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा परोपकारको क्षेत्रमा काम गरी नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ । शुभ तथा मांगलिक कार्यमा समय व्यातित हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । कार्यक्षेत्रमा उन्नतीको समाचार सुन्न पाईनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय मध्ययम रहेकोले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने योग रहेकोछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । ठूलो योजनहरु केही समयको लागी थाती राख्नुनै उचित हुनेछ । तरपनि काम वा अध्ययनको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ भने खर्च पनि बढ्ने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । खाद्यान्न,औषधी तथा निर्माण सामाग्रीको व्यापारमा वृद्धि हुने तथा अन्य सामान्यको कारोबारमा सामान्य मन्दी आउनेछ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाँफा कमाउन सकिनेछ । प्रणय सम्बन्ध सुदृड हुने तथा घर परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बौद्धिक तथा आफुभन्दा ठुला व्याक्ति हरुसँग सैदान्तिक बिषयमा राय बाजिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोले लगानि नबढाउनु नै उचित होला । अध्ययन अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने निश्चित जस्तै छ । प्रेम प्रसङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहनु पर्नेछ भने कार्यक्षेत्रमा तपाईको निर्णयको आलोचना हुन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । धर्म तथा सस्कृतिको बचाउमा समय खर्चनु पर्ने हुन सक्छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । समाजसेवामा मन जाने तथा मान सम्मानमा बृद्धि हुने योग रहेकोछ । सामाजिक काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दिदि बहिनीसँग सामान्य विषयमा मनमुटाब बढ्नेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपाईंको व्यक्तिगत दृष्टिकोण आजको दिन गलत हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । तरपनि प्रयत्न गर्दा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मातापिता वा मान्यजनको सहानुभूती र आशीर्वाद मिल्नेछ भने गरेका काम सफल हुनेछन् । सामाजिक काम गरी सम्मान र साख आर्जन गर्न सकिनेछ । कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय रहेकोछ । पेसा वा व्यवसायगत उन्नतिका लागी गरिएका प्रयास सफल हुनेछन् । चिताउदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । भौतिक सम्पती तथा विलाशी बस्तुको हात लागी हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अदालत तथा न्यायिक निकायबाट हुने निर्णयहरु तपाईँको बिपक्षमा आउने हुनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुनु होला । स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला । अध्ययन अध्यापनमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । घर परिवार तथा आफन्तहरुसँग घरायसी कुरामा राय बाजिनेछ भने ऋण रोग तथा सत्रुको सामना गर्नुपर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगती हुनाले आफन्त तथा गुरुवर्गहरु खुशी हुनेछन् । आकस्मिक धन तथा मानव निर्मित भौतिक सम्पती लाभ हुने योग रहेकोछ । सन्तान तथा आफन्तहरुले तपाईँले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागी आजको समय उत्तम रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । आफन्तहरु टाडिने तथा पति पत्नी बीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । तरपनि आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाई तथा छिमेकिहरुसँग आन्तरिक विषयमा मनमुटाव बढ्नेछ भने सत्रले दुख दिनेछन् । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुन सक्छन् ध्यान दिनुहोला । माया प्रेममा सामान्य मनमुटाव तथा पति पत्नी बीच अबिस्वास बढ्न सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजादा नतिजा बिग्रन सक्छ ध्यान दिनुहोला ।

तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया