काठमाडौंमा अवतरण भए चिनियाँ रक्षामन्त्री बेइ

काठमाडौं । चिनियाँ रक्षामन्त्री बेइ फेङ्हे काठमाडौं आइपुगेका छन् । उनी विशेष विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायतको टोलीले स्वागत गरेको छ ।

२१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका बेइले नेपालमा ८ घण्टा समय बिताउने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।

त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि द्विपक्षीय भेटवार्ता गर्नेछन्।

प्रतिक्रिया