शौरभ ज्योतिलाई हराउँदै रामचन्द्र सांघाई एशोसिएट तर्फको उपाध्यक्षमा विजयी

काठमाडौं । उद्योग वाणिज्य संघको एशोसिएट तर्फको उपाध्यक्षमा रामचन्द्र सांघाई विजयी भएका छन् ।

महासंघको हिजो भएको निर्वाचनमा एशोसिएट तर्फको उपाध्यक्षमा किशोर प्रधान पक्षका शौरभ ज्योतिलाई पराजित गर्दै चन्द्र प्रसाद ढकाल प्यानलका रामचन्द्र सांघाईले बाजी मारेका हुन् ।

उनले ज्योतिलाई १८ मतले पराजित गरे । ८१० मत खसेकोमा १ मत बदर हुँदा रामचन्द्रले ४५५ मत पाए । उनका प्रतिष्पर्धी ज्योतिले ४३४ मत पाए ।

महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा प्रधान समूहै अन्जन श्रेष्ठ र जिल्लानगरतर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ विजयी भएका छन् ।

महासंघमा ९ सय ३ एसोसिएट सदस्य छन् । एसोसियटतर्फको मतभार ३० प्रतिशत हुन्छ ।

यसअघिको निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी नदिएर चन्द्र ढकाललाई समर्थन गरेका ज्योतिले यसपटक प्रधान प्यानलबाट उम्मेदवारी दिएका थिए ।

ढकाल प्यानलका उम्मेदवार संघईको बैंक तथा वित्तीय क्षेत्रमा लगानी छ । उनी अध्यक्ष रहेको त्रिवेणी स्पिनिब मिल्सका मालिक हुन् ।

प्रतिक्रिया