ढकाल पक्षका तिवारीलाई हराउँदै जिल्ला नगरको उपाध्यक्षमा श्रेष्ठ विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।

चन्द्रप्रसाद ढकालको टीमबाट उठेका गुणनिधी तिवारीलाई हराउँदै श्रेष्ठ विजयी भएका हुन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान समुहबाट जिल्ला नगर उपाध्यक्षमा श्रेष्ठले ५८ मत ल्याएर निर्वाचित भए ।
पराजित तिवारीले ४७ मत पाएका छन् ।

महासंघकाे आज भएकाे निर्वाचनकाे मतगणना प्रज्ञा भवन कमलादीमा जारी छ ।

प्रतिक्रिया