महासंघको निर्वाचन अपडेटः जिल्ला नगरतर्फको मतदान सकियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचनअन्तर्गतको जिल्ला नगरतर्फकाे मतदान सकिएको छ । जिल्ला नगरतर्फको मत उम्मेदवारको नतिजाका लागि निर्णायक मानिन्छ । मतदानमा पूरै मत खसेको छ ।

निर्वाचन समितिका अनुसार १०५ मतदातामा सतप्रतिशत मतदान भएको हो । निर्वाचन समितिले निर्धारण गरेभन्दा एक घन्टा अगावै मतदान पूरा भएको हो ।

वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान प्यानल नै बनाएर भिडेका छन् । वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि अध्यक्ष हुने प्रवाधान रहेको छ ।

टेकु र बबरमहलको मतदान पूरा भएपछि निर्वाचन समितिले गणनाको कार्यक्रम सुरु हुनेछ ।

प्रतिक्रिया