महासंघमा चुनावको अघिल्लो रातभर यस्तो भयो चलखेल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा मतदान सुरु भएको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् ।

५४ औं साधारणसभाले महासंघको आगामी नेतृत्व पनि चयन गर्दैछ । विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ ।

ढकालको प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला\नगर उपाध्यक्षमा गुणनिधी तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई छन् । प्रधानको प्यानलबाट बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला\नगर उपाध्यमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति छन् ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न दुबै पक्षले रातभर मेहेनत गरेका छन् । व्यवसायीका अनुसार शुक्रबार दिउसोदेखि नै उम्मेदवारले आफ्नो पक्षमा पर्न कडा मेहेनत गरेको थिए ।

एक व्यवसायीले भने, ‘कुनै पक्षले यति पैसामा यो यो जिल्लाको भोट किन्याे रे भन्नेसम्म हल्ला भएको थियो । हल्ला चल्नु सामान्य नै हो । आफ्नो पक्षमा पार्न सबैले खोज्छ ।’

प्रतिक्रिया