मंसिर १३ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर १३ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–त्रयोदशी,०९ घडी ३४ पला,बिहान १० बजेर ३२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–भरुणी,५३ घडी ५६ पला,रातको ०४ बजेर १० मिनेट उप्रान्त कृतिका । योग–वरियान,११ घडी १२ पला,बिहान ११ बजेर ११ मिनेट उप्रँन्त परिध । करण–तैतिल,बिहान १० बजेर ३२ मिनेट उप्रान्त गर,बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–ध्वाक्ष योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी १६ पला । विष्णु–वैकुण्ठ चतुर्दशी ।

आजको बार बेला ।
बिहान ०६ बजेर ३६ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ३७ मिनेटदेखी बिहान ७ बजेर ५५ मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर ५६ मिनेटदेखी बिहान ९ बजेर १४ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर १५ मिनेटदेखी बिहान १० बजेर ३२ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ३३ मिनेटदेखी बिहान ११ बजेर ५१ मिनेटसम्म चर बेला ।
बिहान ११ बजेर ५२ मिनेटदेखी दिउसो १ बजेर १० मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर ११ मिनेटदेखी दिउसो २ बजेर २९ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ३० मिनेटदेखी दिउसो ३ बजेर ४८ मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर ४९ मिनेटदेखी बेलुकी ६ बजेर ४८ मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०९ बजेर १३ मिनेटदेखी बिहान १० बजेर ३२ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिस्पर्धीको मनोबल गिराउदै उपलब्धी हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । टाडाबाट घर फिर्ताको गतिलो योग रहेकोछ । तरपनि अन्य काममा व्यास्त हुनुपर्दा पढाइ लेखाइमा तपाईको उपस्थिति कमजोर रहनेछ । आफन्त तथा अरुको लागि समय दिनुपर्दा आफ्नो काम थाति रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दानिका बाटाहरु एक्कासि रोकिदा दैनिक काम प्रभावित हुनेछ । अनावस्यक ठाउँमा खर्च बढ्ने तथा उपलब्धी बिहिन काममा समय बित्नेछ । अल्छि गर्नाले पढाइ लेखाइ प्रभावित हुने तथा अरुभन्दा पछि परिनेछ । पैत्रिक धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाबस्यक विवाद हुन सक्छ । व्यापार व्यावसायमा लगानि गर्दै हुनुहुन्छ भने केहि समय पर्ख र हेरको रणनीति अपनाउनु होला । माया प्रेममा अविस्वास सिर्जना हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइ तथा आफन्तसँग भेटघाट हुने योग रहेकोछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । तरपनि अध्ययनमा मन जाने छैन भने नतिजा अरुकै हातमा जानेछ । व्यापार व्यावसायमा मन्दि आउने तथा संयूक्त लगानीबाट सञ्चालिन सस्थामा विवाद आउने सम्भावना रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ काम पाउने तथा बढुवा हुने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट व्याक्ति हरुसँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ । धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ भने धर्म कर्ममा मन जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पुराना थाति रहेका कामहरु समयमा नै सकाएर आर्थिक अवस्था मजभुत बनाउन सकिनेछ । आफन्त तथा दिदि बहिनीको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । भौतिक बस्तुको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाईने योग रहेकोछ । बोलिकै माध्ययमबाट धेरै कामहरु गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा जीवनसाथीसँग असमज्दारि बढ्नाले केहि महत्वपूर्ण कामहरु रोकिन सक्छ ध्यान दिनुहोला । रमाईलो यात्राको अवसर जुर्ने भएपनि आफ्नै कमी कमजोरिले समयमा गन्तब्यमा पुग्न कठिन रहेकोछ । अन्य काममा व्यास्य हुँदा अध्ययन अध्यापन अधुरै रहनेछ । एकल तथा साझेदारि व्यापार व्यावसायमा फस्टाएर जाने भए पनि साझेदारहरुबिच मनमुटाव बढ्ने योग रहेकोछ । माया प्रेममा आत्मियताको कमि हुने तथा मनमुटाव बढ्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयको गति सँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिनानै महत्वपूर्ण काम शुरु गर्दा बिग्रन सक्छ ध्यान दिनुहोला । खराब संगत तथा गलत सल्लाहले हुन लागेको काम पनि अरुकै हातमा जानेछ । दाम्पत्य जीवनमा सामान्य घटपट आउनेछ भने माया प्रेममा धोका हुन सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहमा सहभागि भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । आकश्मिक धन तथा मानव निर्मित र्भातिक सम्पति लाभ हुने योग रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताव आउने तथा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउदा मन प्रशन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात पर्नेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउदा मन हर्सित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् भने रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । आर्जित धन सञ्चय गरि दीर्घकालिक प्रयोजनमा उपयोग गर्न सकिनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना बनाई समाधान गर्न सकिनेछ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय लगानि मनग्गे आम्दानि हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्तहरु बीचको सम्बन्ध सौहाद्र्धपूर्ण रहनेछ भने तपाईबाट राम्रा काम हुने हुनाले सम्मान प्राप्त हुनेछ । संगित एवमं साहित्यमा रुचि जाग्नेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया