पछिल्लो कोरोना अपडेट : २३ जनाको निधन, संक्रमित कति थपिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप २३ जनाको निधन भएको छ । योसँगै नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।

यस्तै गत २४ घण्टामा १ हजार ७ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७ सय ३ जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घन्टामा १ हजार २ सय ३६ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

देशभर संक्रमित हुनेको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ । जसमध्ये २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया