प्रदेश नं.१ कोरोना अपडेट : २०२ डिस्चार्ज, २०७ थप संक्रमित

विराटनगर । प्रदेश नं. १ मा थप २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप २०२ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर/धनकुटामा ३/३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जनासंक्रमणमुक्त भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४८, उर्लाबारीमा ७, सन्दरहरैचामा ६, बेलबारी/केराबारीमा २/२, रंगेली, पथरीशनिश्चरे, लेटाङ, ग्रामथान, कानेपोखरी र स्थानीय तह नखुलेको १/१, झापाको विर्तामोड र दमकमा १५/१५, अर्जुनधारामा ८, कनकाईमा ७, मेचीनगरमा ६, शिवसताक्षी र भद्रपुरमा ४/४, बुद्धशान्तिमा ३, कमल र झापा गाउँपालिकामा /–२, गौरादहमा १, हरीनगरमा १/१, इटहरीमा १६, धरानमा १४, इनरुवामा ५, बर्जुमा २, दुहवी र हरीनगरमा १/१जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

उता इलामको सूर्योदयमा ६, इलाम नगरपालिकामा १, उदयपुरको चौदण्डीगढीमा ४ र त्रियुगामा १, पाँचथरको फिदिममा २, पाथीभरा याङवरकमा १, धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १, संखुवासभाको सभापोखरीमा १ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयकाले जनाएको छ ।

योसँगै प्रदेश नं. २ मा कोरोना संक्रमितको संख्या २६ हजार ४ सय ५० पुगेको छ । अहिलेसम्मको विरणअनुसार होमआईसोलेसनबाट १९६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ३–३ जना डिस्चार्ज भएका हन् । हालसम्म २१ हजार ४ सय ९१ जना डिस्चार्ज भएका छन् । हालसम्म १ लाख ८७ हजार ८१ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया