महासंघको बन्दसत्रमा के विषयमा हुँदै छ छलफल ?

काठमाडौं । उद्योगी व्यवसायीहरूको छाता संगठन (एफएनसीसीआई) को ५४ औं साधारणसभा हिजोबाट सुरु भएको छ । महासंघको निर्वाचन कार्यक्रम भने भाेली नेपाल प्रज्ञा प्रतिष्ठान, बबरमहल र टेकुमा हुनेछ ।

अहिले भइरहेकाे बन्द सत्रमा बर्तमान कार्यसमितिकाे आर्थिक प्रतिवेदन प्रस्तुत हुने तथा भाेली हुने निर्वाचनका उम्मेद्वारले बाेल्ने कार्यक्रम रहेकाे छ ।

कोरोनाको कारणले गत वर्षको चैतमा नै हुनुपर्ने साधारणसभा पटक पटक सरेको थियो । कोरोनाको कारणले चुनाव ८ महिना पछि सरेको थियो । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान छ । त्यसैले हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघको आगामी नेतृत्व लिँदैछन् ।

यो साधारणसभामा बरिष्ठ उपाध्यक्ष उमेद्वार चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर प्रतिस्पर्धामा छन् । ढकाल अहिले एशोसिएट उपाध्यक्ष छन् भने प्रधान जिल्ला र नगर उपाध्यक्ष हुन् ।

ढकालको टीमबाट वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी छन् भने प्रधान प्यानलबाटको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ सारथीको रुपमा छन् । ढकाल र प्रधान समूहले आफ्नो जीतको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया