काठमाडौं । सुनको मूल्य आज घटेको छ । बिहिबार सुनको मूल्य ९१ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय कायम गरिएको छ । तेजावी सुनको मूल्य भने ९० हजार ८ सय निर्धारण गरिएको छ ।
चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ६५ रुपियाँ रहेकोे छ ।