वीपी प्रतिष्ठानमा उपचाररत मोरङका संक्रमितको मृत्यु

काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मोरङको बेलबारीका ७६ वर्षीय पुरुषको प्रतिष्ठान कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानको सूचना केन्द्रका अनुसार पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । डायबिटिज र ब्लड प्रेसरको समस्या रहेका ती पुरुष यही मंसिर २ गते अस्पताल भर्ना भएका थिए । उनमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकको शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया