‘सरकार लगानीका लागि चाहिने सेवा र सुविधा दिन तयार छ’ प्रधानमन्त्री

काठमाडौं । निजी क्षेत्रका लागि आवाश्यक पर्ने सेवा सुविधा दिन सरकार तयार रहेको प्रधानमन्त्री केपी ओली शर्माले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाकाे उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानी गर्न कानुन बाधक भए त्यसलाई परिमार्जन गर्ने बताए ।

उद्योगधन्दाको विकास विना देश विकास नहुने भएकोले सरकार देशमा उद्योग स्थापनाको पक्षमा रहेको ओलीकाे भनाइ छ । उनले भने ‘हामी असहज परिस्थितिमा छौं । कोरोनाको कारणले उब्जिएका चुनौति, कठिनाइ र कोरोना महामारीबाट कसरी निस्किने भनेर आधारहरु खोजीरहेका छाैं ।’

सरकार र निजी क्षेत्र मिलेर मात्रै कोरोनाबाट अगाडी बढ्न सकिने प्रधानमन्त्रीकाे भनाइ छ । कोरोना कमजोरलाई मात्रै हैन् सबल व्यक्तिहरुमा पनि लागेको उनले बताए । ‘विभिन्न देशले कोरोनाको भ्याक्सिन बनाएका छन् । त्यो सबैका लागि राम्रो कुरा हो । यो मानिसको लागि निर्माण भएको हो । तर हामीले हाम्रो अभिभावकको गक्षे अनुसार मात्रै अपेक्षा गर्नुपर्छ ।’

कोरोनाको समयमा देशको अर्थतन्त्रलाई माथि उठाउन निजी क्षेत्रले खेलेको भूमिका  राम्रो रहेकाे बताउँदै प्रधानमन्त्रीले अवसर पाउँदा सरकारभन्दा अगाडी उद्योग स्थापना, खोजमूलक कार्यमा निजी क्षेत्र प्रशंशनीय रहेकाे बताए । कोरोनाको कहरको समयमा पनि पहिलो महिलाको रुपमा नेतृत्व गरेर नेपाल उद्योग वाणिज्य महासंघको काम गर्न सफल भएकोमा बर्तमान अध्यक्ष भवानी राणालाई प्रधानमन्त्रीले बधाई समेत दिए ।

सरकारले. रोजगारी दिएका, राजस्व तिरेका र देशको विकासका लागि काम गरेका उद्योग र व्यवसायलाई संरक्षण गर्ने ओलीको भनाई छ । ‘हामी विदेशी लगानीका लागि विदेशी बोलाई रहेका छौं । तर नेपालमा भएका लगानी कर्ताले विदेशमा लगानी गरिरहेका छन् यो ठिक भएन ।’ ओलीले भने ।

निजी क्षेत्रका लागि अवाश्यक पर्ने सेवा सुविधा दिन सरकार तयार रहेकाे उनकाे भनाइ छ । कानुन बाधक भएको खण्डमा त्यसलाई परिवर्तन गरेर पनि उद्योग र व्यवसाय गर्ने वातावरण सरकारले निर्माण गर्ने प्रधानमन्त्रीले भने ।

महासंघकाे निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्धय चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । महासंघकाे विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्छन् । विधान अनुसार शेखर गाेल्छा महासंघकाे अध्यक्ष भइसकेका छन् ।

बरिष्ठ उपाध्यक्षका दुइ उम्मेद्वार ढकाल र प्रधानले कोरोनाले थलिएको अर्थतन्त्र उकास्ने, उद्योग धन्दाहरुको सुधार गर्ने, निजी क्षेत्रका समस्या राज्यसँग पुर्याउने तथा देशलाई संमृद्ध बनाउने विषय आफ्ना एजेण्डा रहेको बताएका छन् । गत वर्षमा नै हुनपर्ने महासंघको साधारण सभा कोरोना संक्रमणको कारणले पटक–पटक सर्दै आइरहेको थियो ।

प्रतिक्रिया