चुनौतीलाई पनि अवसरको रुपमा लिनुपर्छ : भवानी राणा

काठमाडौं । कोरोनाको कारण आएका चुनौतीहरूलाई अवसरको रुपमा लिएर काम गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बताइन् ।

कोरोनाको कारण विश्वको नै अर्थतन्त्र थला परेको र त्यसको प्रभाव नेपालमा पनि परेको कारणले अब चुनौतीलाई पनि अवसरको रुपामा काम गर्न सकिने राणको भनाई छ ।

निजी क्षेत्रको समस्या समाधानका लागि लागिपर्ने संस्था भएको कारणले पनि कोरोनाको कारणले थला परेको अर्थतन्त्रलाई माथि उठाउन अवश्यक रहेको उनले बताइन् ।

उनले महासंघको साधारणसभामा स्वागत मन्तत्तय राख्दै एमसीसीले नेपालको निजी क्षेत्रलाई पनि धेरै नाफा हुने र देशको मुहार फेर्ने बताउँदै एमसीसी सकेसम्म चाँडै पास गर्नुपर्ने धारणा समेत राखिन् । सरकारले हालसम्म पास हुन सकेको छैन ।

निर्वाचमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्धय चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

कोरोनाले थलिएको अर्थतन्त्र उकास्ने, उद्योग धन्दाहरुको सुधार गर्ने, निजी क्षेत्रका समस्या राज्यसँग पुर्याउने तथा देशलाई संमृद्ध बनाउने विषय आफ्ना चुनावी घोषणा प्रधान र ढकालको एजेण्डा रहेको छ ।

गत वर्षमा नै हुनपर्ने महासंघको साधारण सभा कोरोनाको कारणले पटक–पटक सर्दै आइरहेको थियो । कोरोनाको कारणले भएको बन्दाबन्दी, निषेधाज्ञा र सटडाउनको कारणले निर्वाचन सर्दा दुबै प्यानललाई आ–आफ्नो पक्षमा मत बढाउन समय पनि मिल्यो ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको छ । महासंघमा अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दैछन् ।

 

प्रतिक्रिया