सुनको मूल्य घट्यो, आज कारोबार कतिमा ?

काठमाडौँ । आज सुन प्रतितोला १ हजार रुपियाँ घटेको छ । चाँदीको मूल्य हिजो प्रतितालो ३० रुपियाँ घटेकोमा आज पनि प्रतितोला ५ रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ७५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९२ हजार ५ रुपियाँ, तेजाबी सुन प्रतितोला ९२ हजार र चाँदी प्रतितोला १ हजार १ सय ८० रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया