वीपी प्रतिष्ठानमा सप्तरीका ५० वर्षीय संक्रमितको मृत्यु

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीको राजविराज ४ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुषमा दीर्घ रोग रहेको अस्पतालले बताएको छ । उनलाई म‌ंसिर १ गते कोरोना पुष्टि भई सोही दिन अस्पतालमा भर्ना गरिएको थियो । शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया