युभेन्टसको जितमा रोनाल्डो र मोराटाको गोल

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टसले जित दर्ता गरेको छ । समूह जी अन्तर्गत गएराति भएको खेलमा फरेन्क्वाभारोसी टिसीलाई २-१ ले पराजित गर्दै युभेन्टस नकआउट चरणमा पुगेको छ ।

खेलको सुरुमा पछाडि परेको युभेन्टसको जितका लागि क्रिष्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरे । अवे मैदानमा भएको खेलमा १९ औँ मिनेटमा टिसीका लागि म्यार्तो उजुनीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३५ औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे । यो उनको क्लब र राष्ट्रिय टिमबाट जीवनको ७४९ औँ गोल हो । पुनः ९० मिनेटसम्म कुनै गोल हुन सकेनन् । ​

युभेन्टसका लागि निर्णायक गोल भने इन्जुरी समयको दोस्रो मिनेटमा मोराटाले गरेका हुन् । यो खेलमा २-१ ले विजयी भएको युभेन्टसले चार खेलबाट ९ अंक बनाएको छ । यो जितसँगै युभेन्टस अन्तिम १६ मा पुग्ने पक्का भएको छ ।

प्रतिक्रिया