विश्व हिन्दु महासंघकाे कर्णाली प्रदेश प्रमुखमा ऋषिकेश जंग शाह

काठमाडौं । विश्व हिन्दु महासंघको कर्णाली प्रदेश प्रमुखमा ऋषिकेश जंग शाह मनोनीत भएका छन् ।

महासंघका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले आज केन्द्रिय कार्यलयमा एक कार्यक्रमको आयोजना गरी शाहलाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिएका हुन् । कर्णाली प्रदेश प्रमुखमा मनोनीत भएका शाह विश्व हिन्दु युवा संघको केन्द्रिय अध्यक्षको समेत रहेका छन् । उनले विश्व हिन्दु युवा संघको अध्यक्षका हैसियतले देशभर संगठन निर्माण तथा धार्मिक जागरणको कार्यक्रम गर्दै आएका थिए ।

शाह नेपालमा पूर्वीय दर्शनको नीति लागु हुनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने अभियानमा निरन्तर लागि रहेका छन् । विश्व हिन्दु युवा संघको जिम्मेवारी पाएको केहि महिनामै संगठनलाई देशभर विस्तार गरेर शाहले यसलाई बलियो धार्मिक संगठन बनाउन महत्त्वपूर्ण भूमिका समेत खेल्दै आएका छन् ।

प्रतिक्रिया