बैतडी जिप दुर्घटना अपडेट : यी हुन् घाइते र ज्यान गुमाउनेहरू (नामावलीसहित)

काठमाडौं । बैतडीमा आज (मंगलबार) भएकाे जिप दुर्घटनामा ज्यान गुमाएका मृतक तथा घाइतेहरूकाे पहिचान खुलेकाे छ ।

झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे थियाे भने ४ जना घाइते भएका थिए । ज्यान गुमाउनेहरूमा सुर्नया गाउँपालिका–४ कि ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका–५ का ७७ वर्षीय भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ का ७२ वर्षीय पार्वती चन्द सोही ठाउँकै ७२ वर्षीय पार्वती चन्द र दशरथचन्द नगरपालिका–२ का ५८ वर्षीय कृष्ण लावड रहेका छन् ।

यस्तै घाइते हुनेहरूमा रवीन्द्र चन्द, प्रदीप लावड, खगेन्द्र जोशी र कृष्णानन्द भट्ट रहेकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार चलिरहेको छ । भारतमा पेन्सन बुझेर घर फर्किँदै गरेकाहरू दुर्घटनामा परेकाे बताइएकाे छ ।

प्रतिक्रिया