पुन: अनुभवी र दक्ष नेतृत्व प्राप्त गर्दै नेपाल प्रहरी

  • राेसन दानी

काठमाडाैं । इमान्दार, सक्षम एवम् कर्तव्यनिष्ठ र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीहरुको कार्य सम्पादनबाट मात्रै प्रहरीप्रति आम नागरिकको विश्वास रहन्छ । आम नागरिकप्रति सधैँ विश्वासिलाे, इमान्दार, सक्षम कर्तव्यनिष्ठ र शान्ति सुरक्षा अमनचयन कायम राख्न सफल प्रहरी अधिकृतमध्ये एक हुन् प्रहरी नायब महानिरिक्षक (डीआईजी) विश्वराज पोखरेल ।

२०४३ सालमा करिब ५ वर्ष अदालतमा न्याय सेवामा काम गरेर देश, राष्ट्र र जनताका लागि समर्पित हुन्छु भन्ने भावका साथ पोखरेलले २०४९ साल चैत १२ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

कानुनमा पोख्त पोखरेल नेपाल प्रहरीको हरेक युनिटमा बसेर उत्कृष्ट कार्यसम्पादन गर्ने भएका कारण उनी सधैँ इमान्दार, अनुशासित प्रहरी अधिकृतको रुपमा छवि बनाउन सफल भइरहे । उनै डीआईजी पोखरेल आफूले पाएको जिम्मेवारीलाई सधैँभरि इमान्दारीपूर्वक निर्वाह गर्न कहिले पछि हटेनन् । जबकि कठिनभन्दा कठिन जिम्मेवारीलाई समेत सधैँ अवसर र ज्ञान दक्षताका रुपमा विकास गर्न लागि परे ।

डीआईजी पोखरेलले नेपाल प्रहरी संगठनको प्राय सबै कार्यालयहरुको अनुभव सम्हालेका तालिम केन्द्र, एकेडेमी, गण, अपराध अनुसन्धान महाशाखा, महानगरीय ट्राफिक कार्यालय, काठमाडौँका प्रायः सबै युनिटको कमाण्ड सम्हालिसकेका र अनुभवले खारिएका, कानुनले खारिएका पोखरेल प्रहरी संगठनको नेृतृत्वमा पुग्दैछन् । संगठनले पनि यस्तै प्रहरी नेतृत्वको खोजी गरिरहेको छ ।

उनै प्रहरी नायब महानिरिक्षक हुन सधैँ प्रहरी कर्मचारीलाई आम नागरिकको सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न निदृष्ट लागिपरे । काठमाडौँ, मोरङ, सङ्खुवासभामा सफल निर्वाचन सम्पन्न गर्ने उनै डीआईजी यतिखेर चर्चाको शिखरमा छन् ।

प्रहरी प्रशासन शाखा बसेर काम गरेको अनुभव सम्हालेका, काठमाडौँ प्रहरी परिसरमा रहँदा आम नागरिकका बीच हाईहाई समेत कमाउन सफल उनले राजधानीको शान्ती सुरक्षामा पनि कुनै कसर बाँकी राखेनन् ।

उनै पोखरेलले महानगरीय प्रहरी कायालय रानीपोखरीमा आएको दुई महिनाभित्रमै जवान हवल्दारहरुको मेस सुधार कार्यमा सोचे अनुरुप काम गर्न सफल भएका छन् । सुशासनको प्रतिबद्धता अगुवाइ गर्न सुशासनको आधारभूत कुराहरु कानुनी शासन, निष्पक्षता पारदर्शिता, समानता, व्यवसायिक र इमान्दारीताको विकास गर्नमा पोखरेल सधैँ लागिपरे ।

प्रहरीको व्यवसायिकतालाई सुधार गर्न मेस, आचरणसँगै धेरै कुरा क्रमशः सुधार गर्दै जानुपर्ने पोखरेलको भनाइ छ ।

अधिकृतदेखि जवान सबैजना सँगै बसेर खाना खाँदा आत्मीयता बढ्ने भावना रहेका पोखरेल संगठनको पद्धतिमा रहेर एक अर्काको सम्मान गर्ने परम्परा बसाल्न आयश्यक रहेको बताउँछन् । नेपाल प्रहरीको अत्यन्तै अनुभवी र कुशल नेतृत्व नेपाल प्रहरीले पाउँदै छ । आम नागरिकले पनि शान्ति सुरक्षा र कुशल प्रहरी प्रशासनको प्रत्याभूति गर्न यी र यस्ता कुशल भावी प्रहरी महानिरीक्षकमा देख्न चाहेको एक पूर्व महानिरीक्षकहरू बताउँछन् ।

देशको स्थायी शान्ति, सुरक्षा र देशको समग्र विकासमा कुशल इमान्दार नेतृत्व प्रहरीहरूमा हुन पनि जरूरी छ । विधिको शासनलाई कायम राख्न पनि वर्तमान संगठन प्रमुख जस्तै भावी नेतृत्वको लागि सक्षम प्रहरी महानिरीक्षक देशले खाजेको छ ।

प्रतिक्रिया