मंसिर ९ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर ०९ गते । मंगलबार । ईश्वी सन् २०२० नोभेम्बर २४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–दशमी,५५ घडी ०३ पला,रातको ०४ बजेर ३४ मिनेट उप्रान्त एकादशी । नक्षत्र– पूर्वाभाद्रपदा,२९ घडी ४६ पला,बेलुकी ०६ बजेर २७ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–हर्षण,०८ घडी २७ पला,बिहान ०९ बजेर ५५ मिनेट उप्रँन्त बज्र । करण– तैतिल,दिउसो ०३ बजेर ५० मिनेट उप्रान्त गर,रातको ०४ बजेर ३४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–काण योग । चन्द्रराशि–कुम्भ,बिहान ११ बजेर ५९ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी २५ पला । बदम्बु माहालक्ष्मी यात्रा ।

आजको बार बेला ।
बिहान ०६ बजेर ३३ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ३४ मिनेटदेखी बिहान ७ बजेर ५२ मिनेटसम्म उद्वेग बेला ।
बिहान ७ बजेर ५३ मिनेटदेखी बिहान ९ बजेर ११ मिनेटसम्म चर बेला ।
बिहान ०९ बजेर १२ मिनेटदेखी बिहान १० बजेर ३१ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ३२ मिनेटदेखी बिहान ११ बजेर ५० मिनेटसम्म अमृत बेला ।
बिहान ११ बजेर ५१ मिनेटदेखी दिउसो १ बजेर ०९ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर १० मिनेटदेखी दिउसो २ बजेर २८ मिनेटसम्म शुभ बेला ।
दिउसो २ बजेर २९ मिनेटदेखी दिउसो ३ बजेर ४८ मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर ४९ मिनेटदेखी बेलुकी ६ बजेर ४८ मिनेटसम्म काल बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०२ बजेर २८ मिनेटदेखी दिउसो ०३ बजेर ४७ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्याहरु बल्झनेछन् भने स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । हठ गर्ने बानीले समस्या निम्त्याउनेछ भने कमिकम्जोरी ढाकछोप गर्न खोज्दा थप घाटा लाग्नेछ । अग्रज तथा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ । सरकारि नियमको पालना नगर्दा दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ । अध्यनमा मन जानेछैन । तरपनि काम वा अध्ययनको सवालमा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आर्थिक रूपमा सबल हुने तथा आर्थिक कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग रहेकोछ । पछाडि कुरा काट्ने तथा शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ हुन सक्छ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खाद्यान्न तथा औषधिजन्य समानको व्यापार फस्टाएर जाने तथा भनेजस्तो आम्दानि हुनेछ । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ भने तपाईबाट राम्रा निर्णय हुनाले सबैतिर चर्चा हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । गित संगीत तिर ध्यान जानेछ भने बाहिरि गतिबिधिमा भाग दिई नाम कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । पढाइ लेखाइमा राम्रा प्रगति गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । अरूको काममा समय व्यातित भएपनि फाइदा आफैंलाई हुनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । फाईदा हुने काम वा जिम्मेवारी तपाईँको काधमा आउनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्य वा समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम गर्न सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । मध्यान्हबाट स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) आफन्त तथा साथि भाईसँग रमाईलो यात्राको तय हुने तथा यात्राका क्रममा मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा भावना साटासाट गरि समय व्यातित गर्न सकिनेछ । खोजमुलक क्षेत्रमा समय बित्ने हुँदा मन प्रशन्न रहनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउदै सकारात्मक नतिजा हात लाग्ने योग रहेकोछ । आयात निर्यात व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । मामा तथा मावलि पक्षबाट तपाईको काममा सहयोग तथा समर्थन पाईने हुँदा मन प्रसन्न हुनेछ । पुराना तथा थाति रहेका काम तथा आर्थिक मुद्दाहरु हल भएर जानेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) ईमान्दार तथा परिश्रमी भएर जीवनशैलिमा परिवर्तन ल्याउन सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो हुनुका साथै घर परिवारमा आफन्तसँगको सम्बन्ध थप प्रगाड बनाउन सकिनेछ । पढाइ लेखाइमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि तथा व्यापार फस्टाएर जाने समय रहेकोछ । बिहानको समय मध्ययम रहेकोले आफन्तसँग मनमुटाब बढ्न सक्छ ध्यान दिनुहोला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले फाईदाका लागी पछि लाग्दा धनमाल गुम्न सक्छ ध्यान दिनुहोला । सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिस्पर्धीहरुको मनोबल गिराउदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) शुभ मांगलिक सभा समारोह जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायमा प्रशस्त नाँफा कमाउन सकिने हुनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका लागि दिनले साथ दिईने हुनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउदा मन प्रशन्न हुनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानि गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय मध्ययम रहेकोले दैनिक काममा बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । आँखा तथा टाउकोमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले राम्रा काम गरि नाम,नाम तथा ईनाम कमाउन सकिनेछ । राजनीति तथा जनताको काम गर्नेहरुका लागी समयले साथ दिने हुँदा पद प्राप्तीको योग रहेकोछ । अग्रज तथा आफन्तको सुझाब लाभदायी बन्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया