गुराँस लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष विवेक दुगडद्वारा सपथ ग्रहण

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष विवेक दुगड़ले सपथ ग्रहण गरेका छन् । नवनिर्वाचित संचालक समितिकोे १६२ औं बैठकले सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमा चयन भएका दुगड़ले शपथ ग्रहण गरेका हुन् ।

सोमबार बिहान ११ बजे बीमा समितिमा उनलाई बीमा समितिका अध्यक्ष चिरंजीवी चापागाइँले सपथ ग्रहण गराएका हुन् ।

दुगडले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) सँग सम्बन्धित अनुसूची १ बमोजिम पद तथा गोपनीयताकोे सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया