सुनको मूल्य स्थिर

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८ सय निर्धारण गरिएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १० रुपियाँ रहेको छ ।

प्रतिक्रिया