वीपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा उपचाररत थप २ कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचाररत सुनसरीका ६७ वर्षीय पुरुष र इलामका २५ वर्षीय युवककाे मृत्यु भएको हो ।

कार्तिक २६ गते कोरोना देखिएका सुनसरीको बिराट चोकका पुरुष मंसिर १ गते अस्पताल भर्नाका भएका थिए । उपचारकै क्रममा आज बिहान ६ः४० बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यस्तै इलामका २५ वर्षीय युवकको गएराती ९ः३० मृत्यु भएको छ । उनमा मंसिर ५ गते कोरोना देखिएकोमा सोहि दिन अस्पताल भर्ना गरिएको थियो । मृतक दुवै जनाको शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया