लेस्टर सिटीलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा
२०७७ मंसिर ८ गते

काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा साविक विजेता लिभरपुलले लेस्टर सिटीलाई हराएको छ । आइतबार भएको खेलमा लेस्टर सिटीलाई ३-० ले हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि डिओगो जोटा र रोबर्टो फिरमिनोले गोल गरे । लेस्टर सिटीका जोनी इभान्सले २१ औँ मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता बनाएको थियो ।
जितपछि दोस्रो स्थानमा पुगेको लिभरपुलले शीर्ष स्थानको टोटनह्यामसँग अंक बराबरी गरेको छ । दुवै टिमको ९ खेलबाट २० अंक भएको छ । लेस्टर सिटी १८ अंकसहित चौथो स्थानमा छ ।
२०७७ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








