व्यक्तिगत आयकर सबैभन्दा बढी तिर्नेमा विजयकुमार शाह, कम्पनीमा सूर्य नेपाल, अरु १३ कुन कुन ?

काठमाडौं । सरकारले उत्कृष्ट करदाता घोषणा गरेको छ । ९ औं राष्ट्रिय कर दिवसको अवसर पारी आन्तरिक राजस्व विभागले १५ करदाताको नाम घोषणा गरेको हो ।

विभागका अनुसार आयकरतर्फ आर्थिक वर्ष २०७५\७६ र मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७६\७७ लाई आधार मानेर सूची निकालिएको हो । यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने उद्योगी विजयबहादुर शाह रहेका छन् । शाह विभिन्न लिकर कम्पनीका मालिक हुन् ।

प्रत्यक वर्ष मंसिर १ गतेका दिन कर दिवसको अवसर पारी उत्कृष्ट करदाता घोषणा गर्दै आएकोमा यस वर्ष विभागले कोरोना र सार्वजनिक बिदाको कारणले गर्दा आज घोषणा गरेको हो ।

विभागका अनुसार आव २०७५\७६ मा सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल भएको छ । निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी भने डाबर नेपाल प्रालि रहेको छ ।

बढी आयकर तिर्ने विशेष उद्योगका रुपमा हिमाल पावर कम्पनी उत्कृष्ट घोषित भएको छ । कृषि एवम् पशुपंक्षी उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता अन्नपूर्ण एग्रो एण्डष्ट्रिज प्रालि घोषित भएको छ ।

पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड भएको छ । विप्रेषणको कारोबार गर्ने कम्पनीमध्ये बढी आयकर तिर्नेमा आइएमई लिमिटेडल रहेको छ । बैंक तथा वित्तीय संस्थामा बढी आयकर तिरेको नविल बैंक उत्कष्ट भएको छ ।

 

प्रतिक्रिया