झापाका ४५ वर्षीय पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु

धरान । झापा बाहुनडाँगीका ४५ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

कोरोना संक्रमण भएर उपचारार्थ प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका उनको गएराती मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको सूचना शाखाका अनुसार ती पुरुषमा मंसिर १ गते कोरोना पोजेटिभ रहेको थाहा भएपछि २ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।

उनको गएराती १ बजे मृत्यु भएको र अहिले नियमानुसार शव व्यवस्थापनको कार्य भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया