मंसिर ७ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर ०७ गते । आईतबार । ईश्वी सन् २०२० नोभेम्बर २२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–अष्टमी,४९ घडी ३१ पला,रातको ०१ बजेर २० मिनेट उप्रान्त नवमी । नक्षत्र–धनिष्ठा,२२ घडी ३४ पला,दिउसो ०३ बजेर ३३ मिनेट उप्रान्त शतभिषा । योग–ध्रुव । करण–भद्रा,दिउसो ०२ बजेर ०४ मिनेट उप्रान्त बव,रातको ०२ बजेर २० मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी ३० पला । गोपाष्टमी ।

आजको बार बेला ।
बिहान ०६ बजेर ३१ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ३२ मिनेटदेखी बिहान ७ बजेर ५१ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ५२ मिनेटदेखी बिहान ९ बजेर १० मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर ११ मिनेटदेखी बिहान १० बजेर ३० मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ३१ मिनेटदेखी बिहान ११ बजेर ४९ मिनेटसम्म काल बेला ।
बिहान ११ बजेर ५० मिनेटदेखी दिउसो १ बजेर ०९ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर १० मिनेटदेखी दिउसो २ बजेर २८ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर २९ मिनेटदेखी दिउसो ३ बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर ४९ मिनेटदेखी बेलुकी ६ बजेर ४८ मिनेटसम्म शुभ बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०३ बजेर ४७ मिनेटदेखी बेलुकी ०५ बजेर ०७ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आज नाँफा वा लाभांश सञ्चय नहुन सक्छ । व्यापारमा मन्दि आउने तथा सामानहरु विग्रन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त हुने छैन । आम्दानी र सञ्चित रकम समेत खर्च हुनेछ । तरपनि निर्माण सामाग्री र प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु साटासाट गर्न सक्नेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेकोछ । प्रतिस्पर्धी तथा काममा अवरोध गर्नेहरु परास्त हुनेछन् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काम थालनि गरि राम्रो फाइदा उठाउन सकिने छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) परिवारजनको साथले नयाँ आशा पलाउनेछ भने मित्रताको बन्धन कसिलो हुनुको साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । छोटो दुरिको रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । तरपनि सरसफाई र वातावरणको ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुने हुनाले हरेक क्षेत्रमा काम गर्न आट आउनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य सम्बन्धमा सुधार हुनेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मत भन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गने धन आर्जन गर्न सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दा मामिलामा विजयको योग रहेकोछ । रोकिएका काम केही समय दिएर फत्ते गर्न सकिने हुनाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । दैनिक उपभोग्य र औषधीजन्य सामानको व्यापारमा बृद्धि हुनाले आर्थिक रुपमा दैनिकी सहज हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्ने हुनाले दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) भाइबहिनी र छोराछोरीका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उन्नति,प्रगति र शैक्षिक क्षेत्रमा ध्यान जानेछ । भौतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापारबाट मनग्गे धन लाभ हुनेछ । विशेष गरि निर्माण सामाग्र,औषधी र दैनिक उपभोग्य सामानको व्यापारमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । चुनौतीका बाबजुद नसोचेको काम सम्पादन गर्न सकिनेछ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । आमाको धन सम्पती प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) छोटो तथा रमाईलो यात्राको तय हुनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुनसुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउदा मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सबल रहनेछ । गहना,कपडा वा धातु जोड्ने समय रहेकोछ । मातापिता,मान्यजन वा विशिष्ट व्यक्तिसँग आत्मियता बढ्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या तथा प्रतिस्पर्धामा विजय प्राप्त गर्न निकै समय खर्चनु पर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने सम्भावन रहेकोछ । गरेका काममा ढिलासुस्ती र अवरोधको सामना गर्नुपर्ने हुन सक्छ । श्रमको उचित प्रतिफल पाउन प्रतीक्षा गर्नुपर्ला । पारिवारिक समस्याले ज्ञान र बौद्धिकताका क्षेत्रमा समय दिन सकिने छैन । तरपनि व्यापार लगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्न सकिनेछ । अग्रज तथा जान्ने बुझ्ने मानिसको राय लिन राम्रो मानिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो समयदेखि रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइ र आफन्तबाट सहयोग जुटाई राम्रा काम गर्न सकिनेछ । अग्रजहरुको सहयोग पाईने हुनाले उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारबाट मनग्गे फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्धीहरु परास्त हुनेछन् न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया