मंसिर ६ गते शनिबार, यस्ताे छ आजकाे पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल मंसिर ०६ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर २१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–सप्तमी, ४८ घडी ३७ पला, रातको ०१ बजेर ५७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–श्रवण, २० घडी ४८ पला, दिउसो ०२ बजेर ५० मिनेट उप्रान्त धनिष्ठा । योग–वृद्धि । करण–गर, दिउसो ०१ बजेर ५८ मिनेट उप्रान्त वणिज, रातको ०१ बजेर ५७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३० मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी ३२ पला । टेलिभिजन दिवस ।
आजको बार बेला ।  
बिहान ०६ बजेर ३० मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ३१ मिनेटदेखी बिहान ७ बजेर ५० मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर ५१ मिनेटदेखी बिहान ९ बजेर १० मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ११ मिनेटदेखी बिहान १० बजेर २९ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ३० मिनेटदेखी बिहान ११ बजेर ४९ मिनेटसम्म चर बेला ।
बिहान ११ बजेर ५० मिनेटदेखी दिउसो १ बजेर ०९ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर १० मिनेटदेखी दिउसो २ बजेर २८ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर २९ मिनेटदेखी दिउसो ३ बजेर ४८ मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर ४९ मिनेटदेखी बेलुकी ६ बजेर ४८  मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।
राहुकाल
बिहान ०९ बजेर ०९ मिनेटदेखी बिहान १० बजेर २९ मिनेटसम्म रहने ।

राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनाले दिन रमाइलो गरी बित्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने हुनाले कार्यक्षेत्रमा प्रभाव बढ्नेछ । राजनीति तथा समाजसेवामा जनताको काम गरि पद प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्यात्म र दर्शनप्रति मन आकर्षित हुनेछ । प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजन र अग्रजको आशीर्वाद प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक, सांस्कृतिक गतिविधिमा सामेल हुने अवसर जुर्नेछ  । सामाजिक  क्षेत्रमा सक्रियता बढाई राम्रा काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कामप्रति लगनशीलता बढ्ने भएपनि उपलब्धि न्यून हुनेछ । आज गरिने काममा अवरोधको सामना गर्नु पर्नेछ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग राय बाझिनेछ । तरपनि नसोचेको धन सम्पत्ति हात लाग्न सक्छ  ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात लाग्नेछ । बिभिन्न भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानि गरि धन आर्जन गर्न सकिनेछ । पुराना नउठेका रकमहरु उठ्ने तथा लामो समय देखि देखिएका स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने अबिश्वासहरु चिर्दै रमाउन पाउदा मन प्रशन्न हुनेछ । बिवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) समय राम्रो रहेकोले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । चिन्तन र उपायले काम गर्न सकिनेछ । व्यावसायबाट नाँफा कमाउन सकिने तथा आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । समाजमा राम्र काम गर्न सकिने हुनाले मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने प्रेम र प्रणयतर्फ मन आकर्षण हुनेछ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय हुने योग रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाईने योग रहेकोछ  । घरगृहस्थीमा समय खर्चिदा आफन्त तथा परिवारका सदस्य खुसि हुनेछन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आई खर्च बढ्न सक्छ ध्यान दिनुहोला । डुबेको धन उकास्न दौडधूप गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा सामाजिक काममा मन जाने भएपनि जनताको लालोचना होईनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा थोरै समय दिदापनि मनग्गे आम्दानी गर्न सकिनेछ । बिबादित बिषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथिको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा सन्तोषजनक बृद्धि हुनेछ । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जानेछ । घरपरिवारबाट साथ सहयोग प्राप्त हुनाले राम्रा काम गर्न सकिनेछ । स्वास्थ्य अनुकूल रहनेछ भने मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । राजनीति तथा सामाजिक काममा जनताको समर्थन प्राप्त हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) न्यून पारिश्रमिकमा दिनभर व्यास्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति रहनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च हुनेछ । अन्यकाममा सहभागि हुँदा पढाइ लेखाइ भने थाति रहनेछ । तरपनि यात्राको तय हुनेछ भने बिदेशि भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पैत्रिक सम्पति तथा सरकारी धन हातलागि हुने योग रहेकोछ । आम्दानीका स्रोतहरु फराकिला हुनुको साथै आयस्रोतका नयाँ बाटाहरु फेला पार्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र पंतिमा आउनेछ । घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानि हुनेछ ।तपाईँको दिन शुभ रहोस्  ।
ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया