नेपाल टेलिकमकाे परिमार्जित अटम अफरमा भ्वाइस सुविधा थप

काठमाडाैं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर (Autumn Offer) अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याक (1 GB Per day Data Pack) लाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर आज (२०७७ मंसिर ५ गते) शुक्रबार राति १२ बजे पश्चात लागु हुने टेलिकमले जनाएकाे छ ।

हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक (Eco Voice+Data Combo Pack) ल्याइएको हो ।

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक अन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जाेशीले जानकारी दिए ।

प्रतिक्रिया