सुनको मूल्यमा निरन्तर गिरावट, आज कारोबार कतिमा ?

काठमाडौं । विवाहको महिना मंसिरमा नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज प्रतितोला ५ रुपैयाँले घटेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हाजर २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया