मंसिर ५ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल मंसिर ०५ गते । शुक्रबार । ईश्वी सन् २०२० नोभेम्बर २० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–षष्ठी,४९ घडी ०१ पला,रातको ०२ बजेर ०६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–उत्तराषाढा,२० घडी १६ पला,दिउसो ०२ बजेर ३६ मिनेट उप्रान्त श्रवण । योग–गंड । करण–कौलव,दिउसो ०२ बजेर २२ मिनेट उप्रान्त तैतिल,रातको ०२ बजेर ०६ मिनेट उप्रान्त गर । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी ३५ पला । छठ पर्व ।

आजको बार बेला ।
बिहान ०६ बजेर ३० मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ३१ मिनेटदेखी बिहान ७ बजेर ४९ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ५० मिनेटदेखी बिहान ९ बजेर ०९ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर १० मिनेटदेखी बिहान १० बजेर २९ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ३० मिनेटदेखी बिहान ११ बजेर ४९ मिनेटसम्म शुभ बेला ।
बिहान ११ बजेर ५० मिनेटदेखी दिउसो १ बजेर ०९ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर १० मिनेटदेखी दिउसो २ बजेर २८ मिनेटसम्म उद्वेग बेला ।
दिउसो २ बजेर २९ मिनेटदेखी दिउसो ३ बजेर ४८ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर ४९ मिनेटदेखी बेलुकी ६ बजेर ४८ मिनेटसम्म रोग बेला ।
-नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान १० बजेर २९ मिनेटदेखी बिहान ११ बजेर ४८ मिनेटसम्म रहने ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समाजमा राम्रा काम गर्न सकिने हुनाले मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट तथा बौद्धिक व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । धार्मिक तथा आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धार्मिक र सामाजिक काममा समय व्यातित हुँदा मन प्रशन्न हुनेछ । अध्ययनमा मन जाने तथा दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनेछ । व्यावसायमा समय लगानि गरि लाभ लिन सकिनेछ भने लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीहरुको राय लिनु राम्रो हुनेछ । खानपिनका परिकार प्राप्त हुने तथा परिवारका साथ रमाईलो वातावरणमा दिन व्यातित गर्न सकिनेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ तथा घर फिताको साईत जुर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कष्ट भावमा गोचन गर्ने शुभ चन्द्रमाले कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउने तथा राम्रा काम गर्न सकिनेछ । माया प्रेम, मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खाद्यान्न तथा औषधिजन्य व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् भने प्रविधिको प्रयोग गरि काम गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा बिश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंत्तिमा आउनेछ भने नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मन पर्ने साथि तथा आत्मिय मित्रका साथमा रमाईलो गफ गरि दिन व्यातित गर्न सकिनेछ । मामा तथा मावलि पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईने हुँदा मन खुसि रहनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) आँटले गर्नाले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । आफन्तबाट सुखद समाचार सुन्न पाईने हुनाले दिन उत्साहपूर्वक बित्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । अन्य व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ लिन सकिनेछ । सन्तान वा अनुयायीको साथले राम्रा तथा फाईदा मुलक काम गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) घर जग्गा तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला बिचौलियाहरुले फसाउन सक्छन् । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । सामाजिक काममा समय खर्चिय पनि जनताबाट भनेजस्तो समर्थन पाउन मुस्किल रहेकोछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिबाट तपाईँले सुरु गर्नुभएको कामको उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउन सकिनेछ भने छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा भनेजस्तो सफलता हात लाग्नेछ । लेखन शैलीको विकास हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मनको डर उत्साहमा रूपान्तरित गरि देखिने काम गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र कुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ भने पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन गर्न सकिनेछ । नोकरिमा स्थानान्तरण वा बढुवा हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । राजनीति तथा सामाजिक काममा जनताको समर्थन प्राप्त हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनु नै उचित हुनेछ । पति पत्नी बीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउने तथा दैनिकी कष्टकर नहोला भन्न सकिन्न । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभबाट बञ्चित होईनेछ । तरपनि यात्रासँग सम्बन्धीत काम हुनेछन् भने अध्ययन वा कामको शिलशिलामा विदेशमा हुनुहुन्छ भने समय फलदायी रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक रुपमा सवल हुनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारि धन सम्पति लाभ हुने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्त हरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया