साथीकाे घर हिँडेकी किशाेरीलाई उखुबारीमा लगेर जबरजस्ती करणी

धनुषा । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिबास नगरपालिका-७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेश समेतका ३ जनाले धनुषा मिथिला नगरपालिका-३ स्थित उखुबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले राजेशलाई पक्राउ गरेको हो ।

हाल फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया